एनआरएन आयरल्याण्डमा क्षेत्रीय समिति विस्तार,अध्यक्षमा काजीमान

Published On: Sunday, May 13, 2018 | Source: NRNA IRELAND
                   डब्लिन । आयरल्याण्डमा गैरआवासीय नेपाली सघ आयरल्याण्डले क्षेत्रीय समीति गठन गर्दै गैरआवासीय नेपाली सघ आयरल्याण्ड लाई विस्तार गर्ने क्रमलाई तीव्र पारेको छ । आईतबार मात्रै वर्तमान अध्यक्ष नवराज कोईराला सहित पूर्व अधक्ष्य त्रय शुक्रराज न्यौपाने, गणेश प्रसाई र राजन काफ्ले तथा प्रमुख सलाहकार गंगाराम कंडेलको विशेष उपस्थितीमा टिप्रेरि स्थित ड्न्ड्र्म नर्सरीमा आयोजीत क्रार्यक्रममा ठूलो संख्यामा उपस्थित सघका सदस्यहरुले सर्बसम्मत रुपमा टिप्रेरि छेत्रीय समीतिको गठन गरेको हो ।
नवगठित समीतिको अध्यक्षमा काजीमान श्रेष्ठ उपाध्यक्ष दलराम तमाङ्ग सचिवमा सोहन थापा कोषाध्यक्ष राजकुमार महर्जन सहित सदस्य हरुमा रमेश गुरुङ , शंकर सुनुवार , भरत पाण्डेय , जितपाल गुरुङ , सुक बहादुर गुरुङ तथा सविता गुरुङ रहनु भयको छ ।
                  उक्त अबसरमा गैरआवासीय नेपाली सघ आयरल्याण्डका उपाध्यक्ष द्वय चन्द्रकला निरौला ,अन्तिम उप्रेती , महासचिव उजोल होम्बा , कोषाध्यक्ष जंग अधिकारी , महिला सम्योजक अन्जु काफ्ले छेत्रीय सम्योजक सुमन गुरुङ , राजकुमार महत , सुकमान लामा लगायत समीतिका धेरै सदस्यहरुको उत्साहजनक उपस्थिति रहयो । उक्त भेला को सफल संयोजन सुमन गुरुङ , तेजु ज्ञवाली , काजीमान श्रेष्ठ राजकुमार महर्जन लगायत टिप्रेरि बासी नेपाली दाजुभाई तथा दिदी बहिनी हरुले गर्नु भयको थियो । 
           तेसैगरी सघका अधक्ष्य नवराज कोईरालाको अधक्ष्यतामा आईतबारनै बसेको संघको नियमित बैठकले विभिन्न निर्णयहरु पारित गर्दै नव गठित एल सी सी का अधक्ष्य साथै सम्पूर्ण कार्य समीतिका सदस्यहरुलाई बधाई तथा शुभ कामना ब्यक्त गरेको छ ।
           गैरआवासीय नेपाली संघ आयरल्याण्डको एक एन सी सी /एक प्रोजेक्ट अन्तर्गत कार्यक्रम छनोट को संयोजन गर्नको लागी अधक्ष्य नवराज कोइराला र महासचिव उजोल होम्बा लाई जीमेबारी दिईएको छ ।
उक्त बैठकले गैरआवासीय नेपाली संघ आयरल्याण्डले नेपालको पर्यटन प्रबर्द्धनका लागी निकट भविष्यमा कोर्क शहर अथवा आयरल्याण्डको अन्य कुनै ठाउमा नेपाल मेलाको आयोजना गर्नकालागी विभिन्न संघ संस्था हरुसंग सहकार्य गर्नेको लागी संयोजन गर्ने जीमेबारी संघका पूर्व अध्यक्ष तथा वर्तमान समरक्षक शुक्रराज न्यौपाने लाई प्रदान गरीएको छ ।
तेसै गरी संघका आई सी सी सदस्य तथा पूर्व अधक्ष्य राजन काफ्ले लाई गैरआवासीय नेपाली संघ आयरल्याण्डको प्रोटोकल निर्माण गर्न संयोजन गर्ने जीमेबारी प्रदान गरेको छ ।
संघका नव नियुक्त प्रवक्ता ओम अधिकारी लाई डीजीटल लिट्रेसी शिक्षा को लागि योजना निर्माणको लागि जीमेबारी दिईएको छ ।