आयरल्याण्डमा बुद्ध जयन्ति शान्ति र्याली सम्पन्न

Published On: Wednesday, May 23, 2018 | Source: NRNA IRELAND
ओम अधिकारी/डब्लिन आयरल्याण्ड
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद आयरल्याण्डको आयोजनामा बुद्ध जयन्ति र्याली सम्पन्न भएको छ। बुद्ध जन्मेको देश नेपाल भन्ने नारा सहितको र्याली, डब्लिन सहरको ओकेनल ब्रिजबाट सुरु भएको थियो।

नेपाली पहिरन र बुद्धम शरणम गच्छामी भन्दै सयौंको संख्यामा रहेका नेपाली तथा स्थानीयवासीले आफ्नो पहिरन भेष भुषा र पहिचान सहित डब्लिन सहरको परिक्रमा गरेको थियो। नेपालको प्रचार प्रसार गर्दै सो र्याली डब्लिनको टेम्पल बार छेत्रमा गएर अन्त भएको थियो।

विभिन्न संघ सस्थाहरु सहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद आयरल्याण्डले बुद्ध जयन्तिको अवसरमा नेपालको पहिचान बनाउन सफल भएको भन्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद आयरल्याण्डका अध्यक्ष नवराज कोइरालाले बताउदै उपस्थित सबैलाई कार्यक्रमको अन्तमा धन्यवाद दिनुभएको थियो। साथै उहाँले बुद्धको जन्म भुमि, सगरमाथाको देश नेपालमा भ्रमण गर्न समेत स्थानीय उपस्थित जनमानसलाई अपिल गर्नु भएको थियो।

यसै गरी ICC सदस्य राजन काफ्लेले उपस्थित सबैलाई बुद्धका शन्तिको सन्देसको बारेमा भन्नुभयो। तेस्तै सल्लाहकार चन्द्र बोम्जनले केहि मन्त्र सुनाउनु भएको थियो। संस्थाका पूर्ब अध्यक्ष तथा पर्यटन दुत गणेश प्रसाईले बुद्ध जयन्तीको सबैलाई शान्तिको शुभकामना दिनुभएको थियो।

पूर्ब अध्यक्ष तथा पर्यटन टास्क फोर्ष सदस्य शुक्रराज न्यौपानेले शुभकामनाका दिनुभएको थियो। प्रमुख सल्लाहकार गंगाराम कंडेलले बिदेशी भूमिमा बुद्धको सन्देस बाढेर नेपालको पहिचान दिनु ठुलो भएको बिताउनुभयो।

कार्यक्रममा सल्लाहकार अच्युत गैरे, महासचिब उज्वोल ह्योम्बा, सचिब बिबेक सापकोटा, महिला कोर्डिनेटर अन्जु काफ्ले, सह कोशाध्यछ रबि बोगटी, चितवन समाजका अध्यक्ष चेत राज ओली, नेपाल जनजाती संघका अध्यक्ष चन्द्र बोम्जन, उपाध्यछ मेघ गुरुङ कोर्क शहरबाट सल्लाहकार बसन्त न्यौपाने लगायत आयरल्याण्डका विभिन्न छेत्रबाट नेपालीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमका लागी पर्यटन दुत देपेश मान शाक्यले नेपाली झण्डाको साथै प्रमोशन सामग्री उपलब्ध गराउनुभएको थियो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद आयरल्याण्ड लगाएत उक्त कार्यक्रमा नेपाल आयरल्याण्ड समाज, नेपाल आयरल्याण्ड जनजाती संघ, ९७७ क्रेव, चितवन समाज लगाएतको सक्रिय सहभागिता थियो। उक्त कार्यक्रम पश्चात नेपाल आयरल्याण्ड जनजाती संघको आयोजनामा टिचर्स हल डब्लिनमा बुद्ध जयन्ति सांस्कृतिक साँझको आयोजना गरिएको थियो।
(source:hollywoodkhabar.com)