अन्तरक्रिया गरेर मनाईयो आयरल्याण्डमा गणतन्त्र दिवस

Published On: Tuesday, May 29, 2018 | Source: NRNA IRELAND
आयरल्याण्ड  । नेपालमा संघीय गणतन्त्र स्थापनाको ११ औ वार्षिक अवसरमा आयरल्याण्डको कोर्क सहरमा ‘सम्बृद्ध नेपाल र संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ आयरल्याण्ड, नेपाली जनसम्पर्क समिती आयरल्याण्ड, कोर्क नेपाली समाज कोर्कको संयुक्त आयोजनामा आयरल्याण्डमा रहेका नेपाल आयरल्याण्ड समाज लगायतका अन्य संघ संस्थाको सहयोगमा भब्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रमको संयोजन तथा सभापतित्व गैरआवासीय नेपाली संघ आयरल्याण्डका संरक्षक तथा पूर्व अधक्ष्य एवं नेपाली जनसम्पर्क समिती आयरल्याण्डका अध्यक्ष शुक्रराज न्यौपानेले गरेका थिए ।
 
संयोजक शुक्रराज न्यौपानेले नेपालको गणतन्त्र बारेमा बताउँदै नेपालमा गणतन्त्र जन चाहनाले सम्भव भएको हो ।’ न्यौपानेले देशको सम्वृद्धिमा गैरआवासीय नेपालीहरुको भूमिका ठूलो भएको बताए । उनले नेपालीहरु बिश्वका विभिन्न विकशीत मुलुकहरू बसोवास गरेको र यि देशहरुको प्रगति र विकासको प्रत्यक्ष साक्षी र सहयोगी भएकोले पनि विदेशमा आर्जन गरेको शिप, ज्ञान , अनुभव र पूँजी नेपालको बिकास एवं सम्वृद्ध नेपाल निर्माणको अभियानमा लगाउन चाहेको हुनाले त्यसका लागी सरकारले वातावरण निर्माण गनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख अथिति गैरआवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष नबराज कोइरालाले हजारौं शहिदको वलिदानले प्राप्त संघीय गणतन्त्र नेपाल अब सम्बृद्धिको तर्फ अगाडी बढ्नुको विकल्प नभएको बताउनुभयो।
त्यस्तै गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्वअध्यक्ष एवं अन्तर्राष्ट्रिय समन्वय समिती सदस्य राजन काफ्लेले देशलाई द्रुतगतिमा सम्बृद्ध बनाउनको लागी देशको शिक्षानीति तथा सरकारी निकायको कार्यसम्पादन शैलीमा परीर्बतनको खाँचो औल्याए ।
कार्यक्रममा सम्बोधन गर्दै संरक्षक एव पूर्वअध्यक्ष गणेश प्रसाईले सबैले आफ्नो मातृभ्रूमिमा लगानी गर्नु हाम्रो कर्तब्य हो भन्दै लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई उत्साह जगाउन सरकारले विशेष ध्यान पुर्याउन अवश्यक रहेको बताउनु भयो
त्यस्तै अन्य वक्ताहरु कोर्क नेपाली समाजका अध्यक्ष टेक नरायण पौडेल, कोर्क नेपाली समाजका पूर्बअध्यक्ष तथा गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्बउपाध्यक्ष बसन्त न्यौपाने, कोषाध्यक्ष जंग अधिकारी, महिला संयोजक अन्जु काफ्ले, युवा प्रतिनिधि कृष्ण जी सी, अंकित ओली लगायतले बिश्वको जुन कुनामा रहेपनि आफ्नो देशको सम्बृद्धि एवं विकासको लागि आफ्नो तर्फबाट सदैव लागिपर्ने प्रण गर्दै अग्रजहरुले देशका लागी बनाउने योजनामा सधै साथ रहने विश्वास दिलाए ।
कार्यक्रममा कोर्क नेपाली समाजका अधक्ष्य टेक नारायण पौडेलले सबै अथिति एव उपस्थित महानुभावहरुलाई स्वागत गरेका थिए भने संचालन गैरआवासीय नेपाली संघका उपाध्यक्ष लोक त्रिपाठीले गरेका थिए ।
 
एनसिसि आयरल्याण्ड ।