नेपाली भाषा स्कुल

NRNA NCC Ireland • 21 Feb 2026
news-img

आदरणीय आइल्यान्डवासी आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरू सबैलाई नमस्कार

गैरआवासीय नेपाली सङ्घ(NRNA) आयरल्याण्डको सुन्दर,महत्वपूर्ण र अथक पहल र प्रयासले आयरल्यान्डको डब्लिन मा नेपाली भाषा, संस्कृति र परम्परा सिकाउने उद्देश्यले "नेपाली भाषा स्कुल" स्थापना गरी यसको संचालन सुरु गर्न लागिएको छ । यी कक्षाहरू हाम्रा बालबालिकाहरू लाई नेपाली मातृभाषा सिकाउनुका साथै नेपाली भाषा, कला ,संस्कृति र आत्मसम्मानको पहिचान गराउने उद्देश्यले सञ्चालन गरिनेछ । यस्ता कार्यक्रमहरूले नेपाली समुदायलाई थप एकताबद्ध र सांस्कृतिक रूपमा समृद्ध बनाउन मद्दत गर्नेछ !

नेपाली भाषा स्कुल विवरण निम्नानुसार छ ।

कार्यक्रम सुरुवात मिति: २०२६ मार्च १ गते देखि

कक्षा संचालन: हरेक आईतवार बिहान ११:०० बजेदेखि दिउसो २:०० बजेसम्म

कक्षा प्रकार: भौतिक (फिजिकल) र अनलाइन दुवै मोडमा उपलब्ध डब्लिन बाहिर भएका पनि सहजै जोडिन सक्नुहुन्छ !

लक्षित समूह: ५ वर्ष देखि १२ वर्ष सम्मका बालबालिकाहरू

भौतिक कक्षाको स्थान: 36 Parnell Square W, Rotunda, Dublin 1, D01 T6V6, Ireland

रजिस्ट्रेसन,सम्पर्क तथा थप जानकारीका लागि निम्न व्यक्तिहरूसँग सम्पर्क गर्नुहोला -

- चेतराज ओली: 0879223587

​- प्रविन वराल: 0834769386

- प्रजया न्यौपाने: 086868 0841

- अनु घिमीरे: 083092 7210

- ज्योस्ना अधिकारी: 089612 9995

- रियाना राज्य लक्ष्मी शाह: 89982 2195

आफ्ना बालबालिकाहरूलाई यो सुनौलो अवसर प्रदान गर्नुहोस् ! नेपाली भाषा र संस्कृति सधैं अमर रहोस् !

धन्यवाद,

जय नेपाल!

जय एनआरएनए आयरल्यान्ड !!