हेल्प डेस्क सेवा

21 Mar 2026

Event document

महत्वपूर्ण सूचना – एनआरएनए आयरल्याण्ड

आयरल्यान्डमा बसोबास गर्ने नेपाली समुदायको हितलाई ध्यानमा राख्दै NRNA आयरल्याण्डले नेपाली भाषा एवं संस्कार कक्षा सँगै हेल्प डेस्क सेवा पनि सञ्चालनमा ल्याएको जानकारी गराउन चाहन्छौँ।

यस पहलमार्फत बालबालिकालाई नेपाली भाषा, संस्कृति र पहिचानसँग जोड्ने प्रयासका साथै यहाँ रहेका नेपाली दाजुभाइ–दिदीबहिनीहरू तथा नयाँ आउनहुने नेपालीहरू लाई आवश्यक सूचना, परामर्श सहयोग उपलब्ध गराइनेछ।

सम्पूर्ण नेपाली समुदायलाई यस सेवाको लाभ लिन र सहकार्य गर्न हार्दिक अनुरोध गर्दछौँ।

एनआरएनए हेल्पडेस्क सूचना

एनआरएनए फिजिकल हेल्पडेस्क सेवा ०८/०३/२०२६ देखि प्रत्येक आइतबार पुनः सञ्चालन भएको जानकारी गराउदछौ I

🗓 सुरु मिति: ८ मार्च २०२६

🕚 समय: बिहान ११:०० बजे देखि दिउँसो १:०० बजे सम्म

📍 स्थान: टिचर क्लब

📅 दिन: प्रत्येक आइतबार

🎯 हेल्पडेस्कको मुख्य उद्देश्य:

नयाँ आउने नेपाली सहयोग, मार्गदर्शन तथा आवश्यक जानकारी प्रदान गर्नु हो। विशेषगरी:

• रोजगारी सम्बन्धी जानकारी

• बसोबास (आवास) सम्बन्धी जानकारी

• अन्य आवश्यक तथा सम्बन्धित विषयहरूमा सहयोग

⚠️ महत्वपूर्ण सूचना (डिस्क्लेमर):

हामी कुनै कानुनी सेवा प्रदायक संस्था होइनौं। हामी कुनै पनि प्रकारको ग्यारेन्टी वा प्रतिवद्धता गर्न सक्दैनौं। हामी केवल उपलब्ध जानकारी साझा गर्ने र मार्गदर्शन गर्ने उद्देश्यले सञ्चालन भएका छौं।

👤 समन्वयक / सचिव: बिकाश पण्डित

📞 सम्पर्क नम्बर: 0899728830

📘 फेसबुक पेज: NRNA HELPDESK 2025–2027

थप जानकारीका लागि सम्पर्क गर्नुहोस् वा हाम्रो फेसबुक पेज फलो गर्नुहोस्