कोर्क नेपाली समाज र नेपाली समाज लिम्रिकद्वारा रआयोजना गरिएको सेन्ट प्याट्रिक परेड सफलतापूर्वक सम्पन्न भएकोमा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौं।
कोर्कमा नेपाली मौलीकता झल्काउने पन्चे बाजा सहितको सहभागीता ले परेडको सुन्दरतालाई विशिष्ट बनाएको थियो भने लिम्रीकमा कुमारी लगायत लाखे को झाकीले परेडलाई शोभायमान बनाएको थियो । यस विशेष अवसरलाई भव्य, सभ्य र सांस्कृतिक रूपमा उत्कृष्ट बनाउन अहोरात्र खटिनु हुने सम्पूर्ण आयोजक टोली, स्वयंसेवकहरू, सहभागीहरू तथा सहयोगी संस्थाहरू प्रति NRNA Ireland हार्दिक आभार व्यक्त गर्दछ।
विदेशी भूमिमा नेपाली पहिचान, संस्कृति र एकताको सन्देश फैलाउन यहाँहरूको महत्वपूर्ण योगदान अत्यन्तै प्रशंसनीय छ। आगामी दिनहरूमा पनि यस्तै सहकार्य र सक्रियताले नेपाली समुदायलाई अझ सशक्त बनाउने विश्वास लिएका छौं।
धन्यवाद!